शुक्रबार, वैशाख ७, २०८१

जीवन मलाई अझै हिड्नुछ

वसन्त चौधरी २०८० जेठ २७ गते ८:५२

जीवनले थाकेर बस्छू भनेपछि
उज्यालो संसारलाई अंध्यारो देख्न थालेँ र
रूमल्लिंन थालें आफनै सोचाईमा !

थकाईलाई आफैंले समाएर
सुनें !
सुस्त सुस्त हुन् थालेको मुटुको चाल,
हेरें !
विश्रान्ती मागिरहेको थकित शरीर
छामें !
लोलाएका आँखाहरू अनि
आफैंले आफैंसँग भने
मलाई त अझै हिंडनु छ र गर्नु छ
संसार राजमार्गमा जीवनको यात्रा
तब विनम्र अनुरोध गरेर उठन आग्रह गरें
आफैंले आफैलाई,
कति कठिन रहेछ
आफैंले आफैंसँग युद्द गर्नु
आफैंलाई जित्नु आफैंसँग हार्नु !

आफूले आफैंलाई फकाउनु
र आफूले आफैंलाई थपथपाएर
हिंड़ने प्रेरणा दिनु
तिनै प्रेरणाक़ा पूर्वबाट
आशाको बिहान आऊनु
र जीवन उठन खोज्नु
कती प्रिय छ
जीवनले मप्रति गरेको विश्वास
यो विश्वासलाई क़ायम राख़्नु
जीवन१ मलाई अझै हिड़नुछ !

प्रतिक्रिया