रुपन्देहीमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु पाँचजना घाइते
नेपालखोज
२०८० जेठ २८ गते ७:४४

काठमाडाैं । रुपन्देहीको तिलोत्तमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो ।
बा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको जनाइएकाे छ । दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया