शुक्रबार, वैशाख १४, २०८१

पुरानो उत्पादन बन्द गरेर फोल्डेबल फोनमा केन्द्रित, मूल्य कति ?

नेपालखोज २०७८ मंसिर ११ गते १२:५७

काठमाडौं । सामसुङ संसारकै अग्रणी टेक कम्पनी हो । सामसुङले सधैं फ्युचरिस्टिक एप्रोचका साथ काम गर्दै आएको छ । यही सोचका कारण सामसुङले नयाँ-नयाँ उत्पादन बजारमा लन्च गरिरहेको हुन्छ भने कतिपय कुराको उत्पादन सधैंका लागि बन्दसमेत गरिन्छ ।

२०२१ को सुरुमा यही वर्षभित्र नोट सिरिजअन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने कुरा बताएक‍ो सामसुङले यो वर्ष ग्यालेक्सी नोट सिरिजमा कुनै फ‍ोन लन्च गरेन । एक नयाँ जानकरीअनुसार सामसुङले ग्यालेक्सी नोट सिरिजको उत्पादन सधैंका लागि बन्द गरेको छ । सामसुङले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन । अब के भन्न थालिएको छ भने सामसुङ अरु फोनको तुलनामा फोल्डेबल फोनमा ध्यान दिन चाहन्छ । सामसुङले फोल्डेबल फोनमा सम्भावना देखेको अनि यो नै स्मार्टफोनको भविष्य भएको अनुमान गरेक‍ो कुरा पनि बताइँदैछ ।

सामसुङले यो वर्षको प्रारम्भमा ग्यालेक्सी जेड फोल्ड ३ तथा ग्यालेक्सी जेड फ्लिप ३ सार्वजनिक गरेको थियो जसमा ग्यालेक्सी जेड फ्लिप ३ ले उपभोक्ताहरुको राम्रो प्रतिक्रिया पायो । वेबसाइटहरुमा ग्यालेक्सी जेड फ्लिप ३ को मूल्य एक लाख २५ हजार बताइएको छ जुन ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजमा आउँछ । यसैगरी जेड फोल्ड ३ को मूल्य १२/२५६ जीबी भेरियन्टको दुई लाख २० हजार तथा १२/५१२ जीबी भेरियन्टको २ लाख ३० हजार बताइएको छ ।

भनिन्छ सामसुङ अहिले ग्यालेक्सी नोटलाई पूरै बन्द गरेर फोल्डेबल फोनमा सिफ्ट हुन चाहिरहेको छ । सामसुङले ग्यालेक्सी जेड फोल्ड मात्र १३ लाख थान बिक्री हुने अनुमान गरेको छ । सामसुङका पुराना फोनको तुलनामा यो बढी बिक्री अनुमान हो । ग्यालेक्सी नोट १० र नोट २० सिरिज १९१९ र २० मा कुल मिलाएर क्रमशः १२.७ तथा ९.७ लाख थान बिकेका थिए । यही कुरालाई ध्यानमा राखेर सामसुङले आफूलाई फोल्डेबल फोनमा केन्द्रित गर्न चाहेको हो ।

केही अन्तर्राष्ट्रिय मिडियामा सामसुङले २०२२ देखि ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको उत्पादन बन्द गर्ने खबर पनि आएको छ । अहिले भने सामसुङले ग्यालेक्सी एस २२ स्मार्टफोनमा काम गरिरहेको छ जुन २०२२ को पहिलो ६ महिनाभित्रै सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया