अष्ट्रेलियाले जित्याे विश्व टेस्ट च्याम्पियनसिपको उपाधी
नेपालखोज
२०८० जेठ २८ गते १९:२५

काठमाडौं । अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ । भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको हाे ।
सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो । अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो ।
भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए । कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया