शेरबहादुर देउवा आज सिंगापुर जाँदै
नेपालखोज
२०८० जेठ ३० गते ९:०४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दै छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी सिंगापुर जान लागेका हुन् ।
आज राति ११ बजे सिंगापुरका लागि प्रस्थान गर्ने देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने जनाइएकाे छ ।
पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया