शरणार्थी बस्तीहरू जलवायु परिवर्तनको सिकार

जलवायु परिवर्तन, गरिबी वा द्वन्द्वका कारण पहिले नै ठोकर खान बाध्य छन् शरणार्थीहरू । ती मानिसहरू जो पहिले नै आफ्नो घर छोडेर शरणार्थी शिविर वा बस्तीहरूमा बस्न बाध्य छन्, तर त्यहाँ पनि चरम मौसमी घटनाहरूले उनीहरूलाई छोडेका छैनन्। अनुसन्धानले देखाएको छ ।यी शरणार्थी बस्तीहरू प्रायः ती देश तथा क्षेत्रहरूमा छन् जुन पहिले नै जलवायु परिवर्तनका दृष्टिले जोखिममा छन् ।
यी बस्ती वा शिविरहरू सामान्यतया जलवायु(सम्बन्धित प्रकोपहरू जस्तै भारी वर्षा, खडेरी, चरम गर्मी, लु आदिका लागि सबैभन्दा बढी जोखिममा रहेका क्षेत्रमा अवस्थित हुन्छन्। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त ९ग्ल्ज्ऋच्० द्वारा जारी तथ्यांकलाई हेर्दा सन् २०२२ को मध्यसम्ममा करिब १० करोड ३० लाख मानिस आफ्नो घरबार छोडेर विस्थापित हुनुपरेको थियो । त्यस्तै २०२१ को अन्त्यसम्ममा यो संख्या नौ करोड थियो। हेर्ने हो भने विस्थापनबाट पीडित अधिकांश मानिस सहरतर्फ बढ्दै गएका छन् ।
यसैगरी अझै पनि धेरै शरणार्थी स्रोतको अभावमा लामो समयदेखि अनौपचारिक बस्ती वा शरणार्थी शिविरमा शरण लिन बाध्य छन्। तर, यहाँ पनि उनीहरुको समस्या कम छैन । यूनाइटेड नेशन्स यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाए अनुसार यी शिविर तथा बस्तीहरू प्रायः देशको पृथक क्षेत्रमा अवस्थित छन् जहाँ जमिनको अवस्था र जलवायु अवस्था पहिले नै कठोर छ।
यो अध्ययनमा शोधकर्ताहरूले विश्वका २० ठूला शरणार्थी बस्ती तथा तिनको वरपरको अवस्थाको विश्लेषण गरेका थिए । यो अध्ययनको नतिजा द प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज ९एब्ल्ब्क्० जर्नलमा प्रकाशित भएको छ। अध्ययनमा शोधकर्ताहरूले ढिलो र द्रुत रूपमा सुरु हुने चरम मौसमी घटनाहरू तथा शरणार्थी बस्तीहरूमा तिनीहरूसँग सम्बन्धित जोखिमहरूको जाँच गरेका थिए ।
यो अध्ययन परिणाम अनुसार यी शरणार्थीहरू चरम मौसमी अवस्थाहरू जस्तै वर्षाको कमी, बढ्दो तापक्रम र बंगलादेश जस्ता क्षेत्रहरूमा भारी वर्षाको जोखिममा छन्। शरणार्थीहरूले दोहोरो मारको सामना गरिरहेका छन् एकातिर, यी मानिसहरू पहिले नै सीमान्तीकृत जीवन बिताउन बाध्य छन् त्यसमाथि यी मौसमी घटनाहरूले उनीहरूको परीक्षा गरिरहेका छन्। उनीहरूसँग सामना गर्ने सीमित क्षमताका कारण यी विपद्हरूले यी मानिसहरूका लागि मात्र होइन, उनीहरूलाई आश्रय दिनेहरूलाई पनि समस्याहरू बढाइरहेका छन्।
यी शरणार्थीहरूले देशको कुन भागमा शरण लिएका छन् भन्ने पनि अनुसन्धानमा खुलासा भएको छ । त्यहाँको मौसम देशको औसतभन्दा धेरै खराब छ। कतै यसलाई सामाजिक तथा राजनीतिक बहिष्कारसँग पनि जोड्न सकिन्छ, जुन यो जनसंख्याले पहिले नै सामना गरिरहेको छ। उदाहरणका लागि, केन्या र इथियोपियामा शरणार्थी बस्तीहरू सुख्खा मरुभूमि वा उष्णकटिबंधीय सवाना जलवायु क्षेत्रहरूमा अवस्थित छन्।
यी शिविरहरूमा औसत तापक्रम देशको राष्ट्रिय औसत भन्दा केन्यामा ७।६७ डिग्री सेल्सियस तथा इथियोपियामा ८।७५ डिग्री सेल्सियसको भन्दा बढी छ। यी अधिकांश शरणार्थी बस्तीहरू जुन चरम तापक्रम झेलिरहेका छन् उनीहरूले औसतभन्दा कम वर्षाको अनुभव समेत गरिरहेका छन्। अर्कातर्फ जोर्डन र पाकिस्तान जस्ता देशमा शरणार्थीहरूले अत्यन्त न्यून तापक्रम र कडा जाडोको सामना गर्छन्। पाकिस्तानमा अध्ययन गरिएका शरणार्थी बस्तीहरू गर्मी र जाडो दुवैमा अत्यधिक गर्मी र जाडो हुने पहाडी क्षेत्रहरूमा थिए।
जबकि पाकिस्तानको बलुचिस्तानको औसत तापक्रम सम्पूर्ण देशको तुलनामा द्ध।ज्ञद्द डिग्री सेल्सियस कम छ। त्यसैगरी, उत्तरी जोर्डनका शरणार्थी शिविरहरू, सिरियासँगको सिमाना नजिक, तातो र सुख्खा गइलाकाहरू छन्, जबकि केही क्षेत्र कडा जाडोको अवस्थामा छन् ।
शोधकर्ताहरुका अनुसार गर्मी, बाढी र शीतलहरजस्ता प्रकोपले यहाँका मानिसलाई असर गरिरहेको छ । विशेषगरी बढ्दो तापक्रम, वर्षाको ढाँचामा आएको परिवर्तनजस्ता सुस्त गतिका प्रकोपका घटनामा उल्लेखनीय बृद्धि छ । यस्ता घटनाले स्वास्थ्यका साथै जीवनयापनमा समेत गम्भीर असर पारिरहेको छ ।
यसका साथै कमजोर पूर्वाधार, सीमित रोजगारीका अवसर, बस्ने व्यवस्था, मानवीय सहायताको अभाव जस्ता कुराहरूले उनीहरूका लागि अवस्था झन झन खराब बनाउँदै लगेको छ । फलस्वरूप यी मानिसहरू जलवायु सम्बन्धी प्रकोपहरूको सामना गर्ने कुरामा असहाय महसुस गर्न थालेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार सबै २० वटा बस्तीले नियमित रूपमा लु र शीत लहरको अनुभव गर्दै आए का छन्। केन्या ९काकुमा०, दक्षिण सुडान ९जामजुङ० र बंगलादेश ९कक्सबजार० मा अवस्था विशेष गरी खराब छ। जहाँ हरेक १५ दिनमा तापक्रम बढेको थियो ।
यसैगरि केन्या, इथियोपिया, बंगलादेश, रुवाण्डा, सुडान, दक्षिण सुडान र युगान्डाका शरणार्थी बस्ती भएका क्षेत्रहरूमा सन् १९८१ र २००९ को बीचमा तापक्रम बढेको छ। त्यस्तै, पाकिस्तान र जोर्डनमा कडा जाडोको अवधि केही बढेको छ । यस्तो अवस्थामा पर्याप्त बासको अभावमा चर्को गर्मी र चिसो दुवैले यी मानिसहरूको स्वास्थ्यमा खतरा निम्त्याउन सक्ने जोखिम बढेको छ ।

प्रतिक्रिया