सोमबार, वैशाख १७, २०८१

नेदरल्याण्डमा नि:शूल्क सनस्क्रिन

नेपालखोज २०८० जेठ ३१ गते ६:२१

नेदरल्याण्ड । नेदरल्याण्डमा छालाको क्यान्सरका बिरामी बढ्दै गएपछि सरकारले निःशुल्क सनस्क्रिन बितरण गर्ने निर्णय गरेको छ ।

यो योजना अन्तरगत विद्यालय, विश्वविद्यालय, पार्क, खेलकुद कार्यक्रम तथा सार्वजनिक स्थलमा सनस्क्रिन डिस्पेन्सर जडान गरिनेछ भने यसले जनतामा सनस्क्रिन लगाउने बानीको बिकास गर्ने प्रशासनको अपेक्षा छ ।

सनस्क्रिन क्रिम छालाको क्यान्सरबाट जोगिने प्रभावकारी माध्यम हो । जसरी दाँत माझ्ने, नङ काट्ने, हात धुने बानी बाल्यकालदेखि नै बसाइन्छ त्यसैगरी दैनिक सनस्क्रिन लगाउने बानी पनि बसाल्नुपर्ने विज्ञहरू बताउँछन् ।

पछिल्लो दुई दशकदेखि युरोपभर छालाको क्यान्सरका घटनाहरू बढ्दै गएका छन् । त्यसो भए के अब हामि पनि सनस्क्रिनको प्रयोगमा जागरुक हुने हो त ?

प्रतिक्रिया