बिहीबार, जेठ ३, २०८१

एसियाली खेलकुदका लागि चार टेबल टेनिस खेलाडी छनोट

नेपालखोज २०८० जेठ ३१ गते ११:१५

काठमाडौं । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि टेबल टेनिसका चार खेलाडी छनोट भएका छन् ।

समान २–२ पुरुष र महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष र महिलामा समान ६–६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया