आइतबार, जेठ ६, २०८१

अभिनेता खनालको ‘बगान’ प्रदर्शनको तयारी

नेपालखोज २०८० जेठ ३१ गते २०:५३

काठमाडौं । अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका छन् ।

उनले निर्देशन गरेकाे पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ ।

अभिनेता तथा निर्देशक खनालले भने, ‘कलाकारिताको अनुभवलाई निर्देशनमा उपयोग गरेको छु । यो हाम्रो समाजको र हामीले भन्नुपर्ने एउटा कथा हो ।’ यो पूर्ण पारिवारिक चलचित्र भएको उनको भनाइ छ । उक्त चलचित्रले समाज र परिवारलाई एकापसमा जोड्ने खनाल बताउछन् ।

चलचित्रमा निर्देशक खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । एकल महिलाको वेदना, छटपटी र खुसीको चाहनालाई प्रस्तुत गरिएको उक्त चलचित्रलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका छन्।

यसको वितरक करण श्रेष्ठ छन् । ‘बगान जस्ता चलचित्रलाई निर्माताबाट प्रदर्शकसम्म पु¥याउन पाउँदा खुसी लाग्छ’, उनले भने ।

प्रतिक्रिया