आइतबार, जेठ ५, २०८२

ग्रीसमा डुंगा डुब्दा दर्जनौं आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

नेपालखोज २०८० जेठ ३१ गते २१:२७

ग्रीस । ग्रीसको पेलोपोनी नदीमा माछा मार्ने डुंगामा डुब्दा यसमा सवार कम्तीमा ७८ आप्रवासीको मृत्यु भएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ । आयोनियाली सागरमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुंगा पल्टिएपछि करिब १०० जनालाई उद्धार गरिएको तटरक्षक बलले जनाएको छ ।

आप्रवासन मन्त्रालयका एक स्रोतले एएफपीलाई बताएअनुसार कोस्टगार्डले माछा मार्ने डुङ्गामा अत्यधिक धेरै (सयौं) मानिस सवार थिए । ‘त्यहाँ धेरै ठूलो सङ्ख्यामा व्यक्तिहरू हराइरहेका हुनसक्ने हामीलाई प्राप्त खबरमा जनाइएको छ,’ ती अधिकारीले भने ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले ठूलो सङ्ख्यामा हराइरहेका व्यक्तिहरू रहेको स्वीकार गर्दै एक ट्वीटमा भनेको छ, ‘हामीलाई डर छ कि धेरै मानिसहरूको ज्यान गएको छ । प्रारम्भिक रिपोर्टअनुसार जहाजमा ४०० को हाराहारीमा यात्रु सवार थिए ।

ग्रीसका राष्ट्रप्रमुख, राष्ट्रपति कटरीना साकेलारोपोलोउले उद्धार र आवास प्रतिकार्यका बारेमा वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बुधबर पछि कलामाटा बन्दरगाहको भ्रमण गर्ने बताएका छन् ।सन् १९९३ को एएफपीको रेकर्डअनुसार ग्रीसमा सबैभन्दा धेरै मानिस ९आप्रवासी० को मृत्यु भएको त्रासदीपूर्ण घटना सन् २०१६ मा भएको थियो ।

उक्त घटनामा कम्तीमा ३२० जनाको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख गरिएको थियो । आईओएमले बुधबारसम्म पूर्वी भूमध्यसागरमा हराएका ४८ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उद्धारकार्यमा नौसेनाका जहाजका साथै सेनाको एउटा विमान, हेलिकप्टरका साथै त्यस क्षेत्रमा रहेका अन्य छ वटा डुङ्गा पनि प्रयोग गरिएको छ ।

कोस्टगार्डले भनेको छ, “बुधबार बिहानैदेखि पाइलोसमा ठूलो सङ्ख्यामा आप्रवासीलाई लिएर माछा मार्ने डुङ्गा पल्टिएपछि उद्धार कार्य व्यापक बनाइएको छ । ग्रीसका सञ्चारमाध्यमका अनुसार बन्दरगाहको अस्पतालमा करिब ३० जनालाई लगिएको छ तर तटरक्षकबलले यो सङ्ख्या चारजनामा सीमित गरेको छ ।

कोस्टगार्डका अनुसार युरोपको फ्रन्टेक्स एजेन्सीको एक सर्भिलेन्स प्लेनले मङ्गलबार दिउँसो डुङ्गा देखेको थियो तर यात्रुहरुले कुनै सहयोग गर्न अस्वीकार गरेका थिए । डुङ्गामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको बताइएको छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ प्रस्थान गरेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया