बिहीबार, जेठ ३, २०८१

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबल ओखलढुंगामा हुने

नेपालखोज २०८० जेठ ३१ गते २२:०९

काठमाडौं। तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकाउट फुटबल प्रतियोगिता आगामी असार ४ गतेबाट सुरु हुने भएको छ ।

ओखलढुंगामा असार ९ गतेसम्म फुटबल प्रतियोगिता हुने प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पजनाएको छ ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहने छ । विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

प्रतिक्रिया