कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य, बजेट अध्यादेशबाट ल्याउने तयारी
नेपालखोज
२०८० जेठ ३१ गते २२:२२

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन्।
उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरे ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पास नहुने अवस्था देखिएपछि सरकारले नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।
सम्बन्धित

प्रतिक्रिया