शनिबार, जेठ ५, २०८१

ईलेक्ट्रिक क्रसओभर ओरा ०३ को बुकिङ खुल्ला, ४७ लाख ४९ हजारमा पाईने

नेपालखोज २०८० जेठ ३२ गते १२:४७

काठमाडौं । जि.डब्लु एम नेपालले जि.डब्लु एमको विधुतीय सवारीसाधन अन्तर्गत आफ्नो बहुप्रतिक्षित अल –ईलेक्ट्रिक क्रसओभर ओरा ०३ को बुकिङ खुल्ला गरेको छ ।

कम्पनीले यस गाडीको बुकिङ नेपालमा ४७ लाख ४९ हजार रुपैयाँमा सुरु गरेको छ । कम्पनीले यस गाडीको चीन, थाईल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजील्याण्डमा पहिले नै विक्री सुरू गरिसकेको जनाएको छ ।

विश्वभर यसको १ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भईसकेको र यसले उपभोक्ताहरूबाट पनि ठूलो प्रशंसा प्राप्त गरेको कम्पनीको दाबी छ ।पोर्शका का भुतपूर्व डिजाइनर ईमान्युल डेर्टाद्वारा डिजाइन गरिएको ओरा ०३ ईभी पूर्वव्यापी र आधुनिक क्रसओभर हो । यस्तै सौन्दर्यको हिसाबले ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन्, जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ ।

अगाडि, गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिंग लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हो । यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहि अनुसार माथि राखिएको छ ।

यस्तै यसमा लेदरेटको व्यापक प्रयोगको साथ, भित्री डिजाइन र सामग्रीको सन्दर्भमा राम्रो तरिकाले सोचिएको छ । ओरा ०३ लाई शत प्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको छ । य

सको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको कम्पनीले जनाएको छ ।

ओरा ०३ को धेरै विशेषतहरुका साथ आएको छ । यसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम (तीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू छन् । यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली, अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम रहेको छ ।

कम्फर्ट र कन्भेनियन्स फ्रन्टमा, ओरा ०३ ले ग्राहलाई ठुलो र फराकिलो केबिन, पानोरामिक सनरुफ, लेदर सिट, ट–वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडहरू, आदि जस्ता सुविधाहरू प्रदान गर्दछ ।

नेपालमा, ओरा ०३ केवल एक भेरियन्ट प्रो मा उपलब्ध रहेको छ, जुन ४७.७८ किलोवाटको लिथियम आईरन फसफोट व्याट्री,४०० कि.मी. (नयाँ युरोपियन ड्राइभिङ साइकल) को प्रभावशाली ड्राइभ दायराको साथ आएको छ ।

साथै, ओरा ०३ मा ९९किलोवाटको पीक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले गर्दा सहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउँछ ।

जि.डब्लुएम नेपाललले यसअघि हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वारेन्टी प्रदान गर्दै आएको थियो । अब भने पार्टपुर्जा बाहेक सम्पूर्ण गाडीमा ४ वर्षको वारेन्टी उपलब्ध जानकारी दिएको छ ।

प्रतिक्रिया