जसपाको केन्द्रीय समिति बैठक असार ९ मा बस्दै
नेपालखोज
२०८० असार १ गते ७:३५

काठमाडौं । विधान अधिवेशनको तयारी गर्न जनता समाजवादी पार्टी (जसपा)ले असार ९ गते बिहान १० बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।
केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।
सोही अधिबेशनमा प्रस्तुत गरिने केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक केन्द्रीय कार्यालयमा बस्ने छ ।
सम्बन्धित
प्रतिक्रिया