बुधबार, वैशाख २६, २०८१

‘आदिपुरुष’विवादपछि भुवन केसीले के भने ?

नेपालखोज २०८० असार १ गते ८:४८

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’विवादपछि नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले सेन्सरको समय छोटो हुँदा समस्या आउने गरेको बताएका छन् ।

बिहीबारदेखि हलमा लाग्ने फिल्मको एक दृष्यको विषयमा विवाद भएपछि सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिएको र काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहले सार्वजनिक अभिव्यक्ति दिएपछि तातेको माहौलपछि बोर्ड अध्यक्ष केसीले सेन्सर पास गर्नुपर्ने अवधि छोटो हुँदा समस्या भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘ कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका वावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो । तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन् ।‘

भुवन केसीले के लेखेका थिए ?
कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका वावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो । तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन ।

नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका बिषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरुमाथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो । र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो ।

पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा गरेको छैन । यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन ।

प्रतिक्रिया