कर्णाली प्रदेशसभा अगाडि झडप, एसपी थापासहित ३ जना घाइते

नेपालखोज २०८० असार १ गते १९:३४

सुर्खेत । कर्णाली प्रदेशसभा अगाडि दलित समूह र प्रहरीबीच झडप भएको छ । कर्णाली प्रदेश सरकारले दलित समुदायलाई बजेटमा नसमेटिएको भन्दै आन्दोलन भएको थियो ।

आन्दोलनमा आन्दोलनकारी र जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रसिंह थापा र एकजना महिला प्रहरी घाइते भएका छन् ।

त्यस्तै दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार पनि घाइते भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले अँश्रुग्यास प्रहार गरेको थियो ।

कर्णाली प्रदेशमा करिब २९ प्रतिशत दलित जनसंख्या भएकोमा दलितलाई उपेक्षा गरेर बजेट र नीति तथा कार्यक्रम ल्याएकाले प्रदेशसभामा आन्दोलन गरेका थिए ।

प्रतिक्रिया