तराईमा अत्याधिक गर्मी, पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्ये भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोसी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ/गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति कोसी प्रदेश, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ/गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोसी प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया