ललितपुर बस दुर्घटना, १९ जना घाइते

नेपालखोज २०८० असार २ गते ९:०२

ललितपुर । ललितपुरमा एका बिहानै बस दुर्घटना भएको छ । ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ । लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो । 

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बसअनियन्त्रित भइ बिच सडकमा पल्टिएको हो। ग्वार्को निस्कन लागिरहेको अवस्थामा तिब्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झण्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।

प्रतिक्रिया