सोमबार, वैशाख १७, २०८१

हङकङ र नेपालको खेल रद्दः नेपाल समूह चरणबाटै बाहिरियो

नेपालखोज २०८० असार २ गते ९:४९

काठमाडौं । नेपाल एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत आज विहान हुने भनिएको खेल नेपाल र हङकङबीचको खेल पानिका कारण रद्द भएसंगै नेपालको यात्रा सकिएको हो ।

एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले १र१ अंक बाडेका छन् ।

अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो।एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतिक्रिया