तरकारी खेतीबाट वार्षिक चार लाख आम्दानी
नेपालखोज
२०८० असार २ गते १३:२७

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुनुहुन्छ । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउछन् ।
साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ ।
गाउँमा उहाँ ‘नमूना कृषक’का नामले पनि चिनिँदै आएका छन् । साउँदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका हुन् । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आएका साउँदले वार्षिक चार लाखसम्म आम्दानी गर्छन् ।
साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।
पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले सबैको मन लोभ्याउने गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया