नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २ गते २३:०४

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढायो ।

राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाए ।

नेपाल प्रगतिशील चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले डा. मधुर बस्नेतको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन ।

काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप ।

आइतबारदेखि सामुदायिक विद्यालयहरु अनिश्चितकालिन बन्दको घोषणा ।

सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु ।

ललितपुर बस दुर्घटना, १९ जना घाइते ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना, अवस्था स्थिर रहेको अस्पतालको भनाइ ।

युगाण्डाको एक विद्यालयमा आक्रमण, सैंतीस जनाको मृत्यु ।

मेक्सिकोमा गर्मीका कारण आठ जनाको मृत्यु ।

आन्ध्र प्रदेशमा कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते ।

अफगानिस्तानमा आगलागी हुँदा दुई सय पसलमा क्षति ।

विवेक र नवीनलाई प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि ।

प्रतिक्रिया