मंगलबार, जेठ १, २०८१

अमेरिकाको लस एन्जल्समा गोली चल्यो, ८ जना घाइते

नेपालखोज २०८० असार ३ गते १४:४०

एजेन्सी । अमेरिकाको लस एन्जल्सबाट १७ किमि टाढा कार्सन इलाकामा शनिबार गोली चलेको छ। पुल पार्टीमा गोली चल्दा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको टाउको र कम्मरमा गोली लागेको छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

घटनालाई लिएर प्रहरीले गोली चल्नुअघि झगडा भएको हुन सक्ने अनुमान गरेको छ । यस्तै गोली चलाउने व्यक्तिलाई प्रहरीले छ खोजिरहेको छ ।

स्थानीयका अनुसार पुल पार्टीमा गोली चलाउने व्यक्ति बिनानिमन्त्रणा प्रवेश गरेको थियो । पार्टीमा उपस्थित मानिसले उसको परिचय थाहा पाउन खोज्दा उल्टै झगडा गरेको बताइएको छ । यसपछि नै गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान छ । छानबिनका लागि अहिले प्रहरीले अबिला स्ट्रिट बन्द गरेको छ ।

गन भ्वायलेन्स आर्काइभ रिपोर्टका अनुसार अमेरिकामा २०२३ को जुनसम्म ३०३ सुटिङ (गोली काण्ड) भएका छन् । २००६ देखि हालसम्म ५५६ भन्दा पनि सामूहिक हत्याका मुद्दा दर्ता भएका छन् ।

यसअघि अप्रिल १६ मा अल्बामामा जन्मदिनको पार्टीमा गोली चलेको थियो । जसमा ६ नाबालिगको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

३३ करोड जनसंख्यामा ४० करोड गन

नागरिकलाई बन्दुक राख्न दिने विषयमा अमेरिका सर्वाधिक अघि छ । स्विट्जरल्यान्डको स्मल आम्र्स सर्भेको रिपोर्टअनुसार विश्वका कुल ८५.७ करोड सिभिलियन गनमध्ये अमेरिकामा मात्रै ३९.९ करोड गन छन् ।

विश्वको कुल जनसंख्यामा अमेरिकाको हिस्सा पाँच प्रतिशत छ । तर कुल सिभिलियन गनमध्ये ४६ प्रतिशत अमेरिकाकै छन् ।-ins

प्रतिक्रिया