सोमबार, जेठ ६, २०८२

विश्वको विनास कति टाढा ?

सुनील सापकोटा २०८० असार ४ गते ५:४०

विराटनगरमा हिजोआज भयानक गर्मी छ । गोधूलि नभई घर बाहिर निस्किन कठिन भएको छ । आजभन्दा ४५र५० बर्ष अघिसम्म यहाँको सबै भन्दा बढी तापक्रम ३०र३२ डिग्री सम्म पुग्थ्यो । त्यसपछि पानी परि हाल्थ्यो । गत तीन वर्षदेखि यहाँ को तापक्रम ४०र४१ डिग्री हुँदै दैनिक तापक्रम बढ्दो छ । हिजोआज यहाँ पानी परेको छैन । विगत केहि दिनदेखि यहाँका जनसमुदायहरु गर्मी धेरै भएका कारणले आत्तिन थालेको छन् । विराटनगरमा मात्र होइन कि सारा दुनियाँमा नै हरेक वर्ष पृथ्वीको तापक्रम बढदो क्रममा छ र गर्मिको कारणले शयौं मानिसहरु, हजारौं पशुहरु र लाखौं पंक्षीहरु मर्ने क्रम जारी छ ।

वैज्ञानिकहरुको एक वर्गको भनाइमा लाखौं वर्ष अधि अस्तित्वमा आएको यो पृथ्वीमा रहेका हामी मनुष्यको दिन अब पूरा हुन लाग्यो । उनीहरुका अनुसार पृथ्वीको उमेर अब दुईदेखि पाँच सय वर्ष मात्र बाँकी छ । त्यो भन्दा बढी छैन भन्ने उनीहरुको अनुमान छ । त्यतिबेलासम्म पृथ्वीमा कुनै धूमकेतु आएर ठोकिन्छ वा सूर्यले जलाइ दिन्छ या पर्यावरण प्रदूषणको कारणले उत्पन्न ग्लोबल वार्मिंगले समाप्त पार्छ ।

हरेक वर्ष पर्यावरण प्रदूषणको चौतर्फी अवस्था हेर्दा पृथ्वीको जलवायु जुन तीब्र गतिमा बदलिँदो अवस्थामा देखिन्छ त्यस्ले प्रसिद्ध बैज्ञानिक हॉकिन्सको भविष्यवाणी मिल्छ होला कि जस्तो लाग्छ । हामी मनुष्यले आफ्नो स्वार्थका लागि हिजोआज जुन प्रकारले पृथ्वीको दोहन र प्रकृति तथा सो को पर्यावरण संग जुन अत्याचार गरिरहेका छौं त्यसले पृथ्वीको अस्तित्वमै खतरा उत्पन्न भएको छ ।

पृथ्वीका वन जङ्गलहरु लुप्त हुँदैछन् । विकासको नाममा नदि नाला, जङ्गल, पाहाड र पशु / पंक्षीहरुको जुन प्रकारले बिनास भइ रहेको छ त्यो भयावह देखिन्छ । औद्योगिकरणले गर्दा हवामा बिष घोलिरहेको छ । जस्ले पृथ्वीको तापमान बढनुको साथै ग्लेशियरहरु पग्लेर समुद्रहरु को सतह माथी आइरहेका छन । भौतिक सुख(सुविधाहरु प्राप्त गर्ने होडमा ती तमाम वस्तुहरु हामी नष्ट गरिरहेका छौं जुन जीवनको धरातलिय आवश्यकता हो ।

यसरी प्रकृतिक दोहन गर्दै जानेहो भने हामिले केही बर्ष पछी आजको अवस्थाभन्दा अझ बढी दुस्ख पाउने छौं र भविष्य आउने आफ्नै सन्ततिको लाई पनि मृत्युको मुखमा छोडेर जाने छौं । त्यसैले अब पनी यो दुनियाँका चेतनसिल मनुष्यहरु नजागेर चुप चाप बस्ने हो भने कुनबेला यो पृथ्वीमा प्रलय हुन्छ त्यसको प्रतीक्षा बाहेक अरु केही छैन ।

प्रतिक्रिया