ट्रेड युनियन कांग्रेसको महाधिवेशन आज
नेपालखोज
२०८० असार ४ गते ६:०८

काठमाडाैं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज असार ४ गते सोमबारदेखि सुरु हुँदैछ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अनुसार महाधिवेशन असार ६ गतेसम्म चल्नेछ ।
नेपाल ट्रेड युनियन कांग्रेस सातौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउन सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिएका छन्
ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यका अनुसार ट्रेड युनियन कांग्रेसले विधानत ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आवद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको हो । यो महाअधिबेसन ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया