सोमबार, जेठ ६, २०८२

बाल केन्द्रित वातावरण कसरी सुनिश्चित गर्ने ?

नेपालखोज २०८० असार ४ गते ८:२५

काठमाडौं । बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छा अनुसार सिक्ने सिकाउने क्रियाकलाप नै बालकेन्द्रित सिकाइ हो ।

बालकेन्द्रित सिकाइको लागि बालबालिकाको रुचि र आवश्यकता अनुसार स्वतन्त्र रुपमा आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण हुनुपर्दछ । उनीहरूले स्वःस्फूर्त रुपमा खुशी भई सिक्नाले दिगो सिकाइ हुन्छ ।

बालकेन्द्रित सिकाइले जीवन उपयोगी दैनिक सीप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर हुन सहयोग गराउँदछ ।

घर पहिलो स्थान हो जहाँ बालबालिकाले आधारभूत सीपहरू सिक्छन् । बालकेन्द्रित सिकाइको लागि बालबालिकाका लागि आफ्नो निश्चित ठाउँ बनाइदिनुपर्छ । जस्तै, दराज, र्‍याक अथवा डालो, ढक्की, कोठाको एक कुना ।

यसमा बालबालिकाले सजिलो र सुरक्षित रुपमा खेल्न सक्ने सामग्री राखिदिनुपर्छ । बालबालिकालाई खेलेपछि सामग्री आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनु पर्दछ ।

घरको भित्र बाहिर स्वतन्त्र, स्वस्थ र सुरक्षित रुपमा खेल्ने र सिक्ने वातावरण हुनु पर्दछ । यसलाई निम्न पक्ष अनुसार सुनिश्चित गर्न सकिन्छ ।

१. सुरक्षित स् घरको भित्र र बाहिर खतरामुक्त, भयमुक्त, बालबालिकालाई चोटपटक नलाग्ने, दुर्घटना नहुने किसिमको हुनु पर्दछ ।

जस्तै, अध्याँरो नभएको, खाल्डाखुल्डी नभएको, काँडा सिस्नो नभएको, विषादी, धारिलो औजार नभएको । बालबालिकाले प्रयोग गर्ने सामग्री शारीरिक तथा मानसिक विकासमा प्रतिकूल असर नपर्ने हुनुपर्छ ।

२. स्वस्थ स् सफा वातावरण बालबालिकाकालागि स्वस्थ वातावरण हो । बालबालिका बस्ने र खेल्ने वातावरण सफा हुनुपर्दछ ।

३. सहज पहुँच स् बालबालिकाका सामग्री बालबालिकाले सजिलै पुग्न सक्ने किसिमले व्यवस्थापन गरीएको हुनुपर्छ ।

४. उत्प्रेरणात्मक स् बालबालिकालाई आन्तरिक उत्प्रेरणात्मक मिल्ने वातावरण हुनुपर्छ । त्यस स्थानमा रहँदा बालबालिकालाई स्याबासी तथा प्रेरणा दिइएको हुनुपर्दछ ।

५. समावेशी स् कुनै पनि भेदभाव नरहेको, सबैलाई सहभागी हुन सजिलो किसिमको हुनुपर्छ ।

बालकेन्द्रित क्रियाकलापहरू:

  • खेल
  • कथा
  • गीत, संगीत
  • नाच र अभिनय
  • चित्र र रंङको त्रियाकलाप
  • प्रकृति अवलोकन
  • पानी, माटो को क्रियाकलाप

बालकेन्द्रित सिकाइबाट बालबालिकालाई हुने फाइदाहरू :

  • सक्रियता र स्वप्रोत्साहन मिल्दछ ।
  • कल्पना र सोचाइ सीप विकास हुन्छ ।
  • अन्तरक्रिया र सञ्चारको सीप विकास हुन्छ ।
  • सिकाइ अनुभव र आत्मविश्वास बढ्छ ।
  • विषयवस्तुप्रतिको सकारात्मक धारणा विकास हुन्छ ।
  • सकारात्मक सम्बन्धको विकास हुन्छ ।
  • समस्या समाधान र उत्तरदायित्वको सीप विकास हुन्छ ।
  • सिकाइका जिम्मेबार बन्न प्रोत्साहन गर्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया