शनिबार, जेठ ४, २०८२

सिमिकोट जिप दुर्घटना : गम्भीर घाइते चालक मृत्यु

नेपालखोज २०८० असार ४ गते ११:२७

सुर्खेत । हुम्लाको सिमिकोट जिप दुर्घटनामा गम्भीर घाइते चालक मृत्यु भएकाे छ ।

सोमबार बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्यो । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो ।

नदीमा खस्दा चालक जनकपुरका राजेश हेम्जोङ लामा गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १३ जना यात्रु थिए । उकालो चढ्दै गर्दा चालकले भने १२ जना यात्रुलाई झारेर उकालोमा गाडी लिने प्रयास गरेका थिए ।

गाडी कर्णालीमा खस्दा गम्भीर घाइते चालक मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया