हामी निलिनेवाला छैनौं : माधव नेपाल
नेपालखोज
२०८० असार ४ गते १७:५९

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएका छन् ।
साथै केहीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि नबनाएको उनको दाबी छ ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमा अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकतावद्ध हुन मोर्चाबन्दी गरेको बताए ।
आफ्नै पार्टीका नेताहरुलाई पनि मोर्चामा आवद्ध भएका दलहरु एकअर्कामा बिलय हुने त होइन भन्ने परेको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘कसैले निल्ने वाला छैन, हामी निलिने बाला पनि छैनौं ।’
सम्बन्धित
प्रतिक्रिया