‘नेकपा एमाले र माओवादीबीच भएको एकता हतारमा भएकाले लामो समय टिकाउन सकिएन’
नेपालखोज
२०८० असार ४ गते १९:१४

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको भएको एकता हतारमा भएकाले लामो समय टिकाउन नसकेको टिप्पणी गरेका छन् ।
आज राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा सभालाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । २०७५ सालमा भएको दुई पार्टीको एकता घोषणा सभालाई स्मरण गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भने, ‘राष्ट्रिय सभागृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा भएपनि त्यो पार्टी बचाउन सकिएन ।’
त्यसको समीक्षा गरेर अहिले लामो छलफलपछि मोर्चा गठन गरेको बताए । प्रधानमन्त्री प्रचण्डले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताए ।
सम्बन्धित
प्रतिक्रिया