काभा भलिबल : दोस्रो खेलमा पनि नेपाल पराजित

नेपालखोज २०८० असार ४ गते २०:४५

काठमाडौं । काभा नेसन्स लिग भलिबलमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । आज भएको खेलमा नेपाल घरेलु टोली कीर्गिसतानसँग ३–१ को सेटमा पराजित भएको हो ।

पहिलो खेलमा पनि मंगोलियासँग ३–१ को सेटमा पराजित भएको नेपालले आज पनि सुधार गर्न सकेन । पहिलो सेट २४–२६ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो ।

तर त्यसपछि लगातार २ सेट गुमाएपछि नेपाल पराजय भोग्न बाध्य भयो ।

नेपालले तेस्रो सटे १८–२५ ले गुमाउँदा चौथो सेट १६–२५ ले सुम्पिएको थियो । अब नेपालले भोलि मंगलबार इनारसँग खेल्ने छ ।

प्रतिक्रिया