कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्ने
नेपालखोज
२०७७ जेठ ३२ गते १३:०५
काठमाडौँ । कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनल खेलबाट नेपोली फाइनलमा प्रवेश गरेसँगै उपाधिका लागि युभेन्टससँगको भेट पक्का गरेको हो ।
सेमिफाइन अन्तर्गत गए राति भएको दोस्रो लेगमा नेपोली र इन्टर मिलानले १–१ को बराबरी खेलेसँगै नेपोली समग्रहमा २–१ को जित सहित कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।
यसअघि नै युभेन्टसले एसी मिलानलाई पराजित गर्दै फाइनलमा स्थान बनाई सकेको छ ।
गएराति नै भएको दोस्रो लेगमा मिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्टस अवे गोलको आधारमा फाइनलमा पुगेको थियो । अब उपाधिका लागि युभेन्टस र नेपोलिबिचको खेल १७ जुनमा हुने छ । -एजेन्सी
सम्बन्धित
प्रतिक्रिया