आइतबार, जेठ ५, २०८२

कोसी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०८० असार ४ गते २१:४३

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । काठमाडौं उपत्यकामा अहिले हावा–हुरीसहित हल्का वर्षा भएको छ । रातिको समयमा पनि काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भएर यो सिस्टम अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ । तुलनात्मक रुपमा बढी वर्षा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भइरहेको छ ।

साथसाथै कोशी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा भइरहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ । -rss

प्रतिक्रिया