आइतबार, जेठ ५, २०८२

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ताविरुद्ध प्रदर्शन गर्नेहरु पक्राउ

नेपालखोज २०८० असार ५ गते १२:०५

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा उपप्राध्यापक चलाउने स्वयं सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका हुन् ।

प्रतिक्रिया