बुधबार, वैशाख २६, २०८१

ट्युनिसियास्थित ब्राजिलको दूतावासमा छुरा प्रहाः सुरक्षाकर्मीको मृत्यु

नेपालखोज २०८० असार ५ गते १५:२७

ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारकाक्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ ।

ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्यापले उल्लेख गरेको छ, ‘आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन् ।’

बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको बताएका छन् ।

आक्रमणकारीलाई खुट्टामा गोली लागेको थियो र पक्राउ गरिएको थियो ।

प्रतिक्रिया