अमेरिकाले नेपाललाई दियो २०८ को लक्ष्य

नेपालखोज २०८० असार ५ गते १६:४१

काठमाडौं । शायान जाहङगरको शतक प्रेरित अमेरिकाले जारि आईसीसी विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका लगातार विकेट गुमाएपछि संकटमा परेको थियो । एउटा एन्डबाट विकेट जाँदा ओपनर सुशान्त मोदानीले अमेरिकाको इनिङलाई सम्हाल्ने प्रयास गरेका थिए ।

अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गदानन्द सिंह पभेलियन फर्किएपछि क्रिजमा सातौं नम्बरमा क्रिजमा आएका जाहङगरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । संकटमा रहेको अमेरिकाको उद्दार गर्ने क्रममा उनी सय रनमा अविजित रहे । भने, अमेरिका एक ओभर बाँकी रहँदा अलआउट भयो ।

प्रतिक्रिया