नेपालकाे लगातार तेस्रो हार

नेपालखोज २०८० असार ५ गते १९:०१

काठमाडाैं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । यो सँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो ।

इरानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो । नेपालमाथि इरानले २५-१६,२५-२२ र २५-२२ को सेटमा जित निकाल्यो यस अघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो  थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ । अब नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तानको सामना गर्नेछ । यस्तै अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ

प्रतिक्रिया