बिहीबार, असार ५, २०८२

सुदूरपश्चिममा आज शोक बिदा

नेपालखोज २०८० असार ६ गते ६:४५

काठमाडौं । सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ । मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको मंगलबार सवारी दुर्घटनामा परि निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो । 

डडेलधुराबाट बझाङ जाँदै गरेको मन्त्री सिंहसहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडि मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो । 

दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको देउरास्थित रितु पोलिक्लिनिकमा निधन भएको थियो । मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको थियो । 

प्रतिक्रिया