योगको इतिहास र यसपटकको थिम

काठमाडाैं । हरेक वर्ष जस्तै यसपटक पनि आज २१ जुनका दिन योग दिवस मनाइँदैछ । यस पटकको योग दिवसको नारा ‘वसुधैव कुटुम्बकम’ अन्तर्गत एक विश्व, एक स्वास्थ्य राखिएको छ ।
योग दिवसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २७ सेप्टेम्बर २०१४ मा युएनओको महासभामा गरेको आफ्नो प्रस्ताव बाट गरेका हुन । त्यसपछि सन् २०१५ मा संयुक्त राष्ट्र संघले २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको थियो ।
योग प्राचीन कालदेखि नै हाम्रो संस्कृतिको एक हिस्सा रहदै आएको छ । ‘योग सुत्र’ योग दर्शनका प्रवर्तक महर्षि पतञ्जलीद्वारा रचिएको हो । त्यसैले महर्षि पतञ्जलीलाई योगका पिता मानिन्छ। योगको परम्परा हजारौं वर्षदेखि चलिआएको छ। योगलाई करिब २६ हजार वर्ष पहिलेको वरदान मानिन्छ ।
त्यसैगरी महर्षि पतञ्जलीले ‘योगसूत्र’को रचना गर्नुभन्दा पहिले नै भगवान शिवलाई हाम्रो संस्कृतिमा पहिलो योगी मानिदै आएको केही मानिसहरूको विश्वास छ। योग विज्ञानको जग भगवान शिवको वरदान हो , भगवान शिवले नै मानव मनमा योगको बीज छरेका थिए भनिन्छ । गुरु पूर्णिमाको दिन शिवजी आदि गुरुका रुपमा सात तपस्वीहरुसमक्ष प्रकट भएर उनीहरुको गुरु बनेको पुरातन ग्रन्थहरुमा उल्लेख छ । यसरी भगवान शिव आदि योगका गुरु पनि हुन जसलाई आदि योगी शिवका नामले समेत चिनिन्छ।
योग दिवसको नारा
आजको दौडधुपको जीवनमा योगले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। हरेक वर्ष जुन २१ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय योग दिवस विभिन्न नाराका साथ मनाइनदै आएकोछ । प्रत्येक वर्ष योग दिवसका लागि फरक फरक विषयवस्तु तय गरिन्छ। यस्तो अवस्थामा यो वर्ष यो दिवसको नारा ‘एक विश्व, एक स्वास्थ्य’ राखिएको छ ।

प्रतिक्रिया