शनिबार, जेठ ५, २०८१

‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक (भिडियो)

नेपालखोज २०८० असार ६ गते १४:२३

काठमाडौं । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ ।

मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ ।

प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । सङ्गीत संयोजन कमल सौरजले गरेका छन् भने सम्पादन मीन रावलले गरेका छन् ।

गीतको छायाङ्कन चितवनमा गरिएको हो । कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै गीतका लेखक सापकोटाले गीत–सङ्गीतलाई समय सापेक्षितरूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताए ।

उनले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ‘ढिँडो मलाई देऊ’ सार्वजनिक गरिएको बताए ।

प्रतिक्रिया