शुक्रबार, पुष ११, २०८२

नेप्सेमा दोहोरो अंकले गिरावट : तीन अर्ब ४९ करोडको सेयर किनबेच

नेपालखोज २०८० असार ६ गते १५:३४

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन २६ दशमलव ५६ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि १४ दशमलव पाँच अंकले घटेर दुई हजार ५० दशमलव ७८ अंकमा झरेको छ ।

यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य तीन अंकले घटेर तीन सय ८६ दशमलव ११ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ५९ हजार आठ सय १३ पटकको कारोबारमा ८६ लाख ५१ हजार एक सय ६४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० रुपैंयाँ ७८ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सूुचक बढेर बाँकी समुहहरुको सूुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचसूुचक क नौं दशमलव ९९ अंकले घटेर १२ सय १४ दशमलव १९ अंकमा झरेकोमा बिकास बैंक समुहको सूुचक पनि ५२ दशमलव शुन्य पाँच अंकले घटेर तीन हजार सात सय ८१ दशमलव ३६ अंकमा झरेको छ ।

फाईनान्स समुहको सूुचक पनि २८ दशमलव शुन्य चार अंकले घटेर १७ सय १७ दशमलव ५२ अंकमा झरेकोमा जलबिद्युत समुहको सूुचक पनि ४१ दशमलव ८७ अंकले घटेर २५ सय ४६ दशमलव ८० अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सूुचक पनि शुन्य दशमलव ८३ अंकले घटेर १० हजार छ सय ६५ दशमलव शुन्य आठ अंकमा झरेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक भने क्रमशः एक दशमलव २०, ४० दशमलव ३८, शुन्य दशमलव १३ र साता दशमलव ३० अंकले घटेका छन् ।

होटल तथा पर्यटन समुहको सुचक भने आज दुई सय ३९ दशमलव ५१ अंकले बढेर पाँच हजार एक सय ८७ दशमलव ७३ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ११ दशमलव ९६ अंकले बढेर ११ हजार ८० दशमलव ५७ अंकमा झरेको छ । उत्पादनमुलक र टे«डिङ समुहको सुचक पनि क्रमशः १५ दशमलव शुन्य एक र दुई दशमलव ३६ अंकले बढेका छन् ।

नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९७ प्रतिशतले बढेर दुई सय ६१ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्रिन भेञ्चर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ९८ प्रतिशतले घटेर चार सय ५३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज पाँच सय ४५ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा २३ करोड छ लाख ४१ हजार तीन सय २८ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया