शनिबार, जेठ ४, २०८२

कामपाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा कार्यक्रम पूर्व सहमतिबिना कार्यान्वयन नगर्ने

नेपालखोज २०८० असार ६ गते १८:३१

काठमाडाैं । काठमाडौं महानगरपालिकाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा कार्यक्रम पूर्व सहमतिबिना कार्यान्वयन नगर्ने उल्लेख गरेकाे छ ।

महानगरका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमतिबिना छनौट भएका संसदीय कोषका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने भएका हुन् ।

बुधबार सार्वजनिक भएको नीति तथा कार्यक्रमको ५५ नम्बर बुँदामा भनिएको छ, ‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिनेव्यवस्था गरिनेछ ।’

त्यस्तै महानगरमा कार्यरत कर्मचारीका लागि सुनौलो अवकास योजना कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया