शनिबार, जेठ ५, २०८१

नबिल बैंकिङ र श्रीनगर एग्रोबीच सम्झौंता

नेपालखोज २०८० असार ६ गते १८:५९

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडबीच सम्झौंता भएको छ ।

दुबै सस्थाबिच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गर्ने, कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश चन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् । सार्वजनिक निष्कासनका लागि कम्पनि पब्लिक लिमिटेडमा रुपान्तरण भैसकेको छ ।

श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडले विगत दुई दशक देखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्यगर्दै आएको छ । कृषि क्षेत्र मार्फत अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको यस श्रीनगर एग्राीटेक ईन्डष्ट्रीज लिमिटेडले हाल तीन सय भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिनुका साथै पाँच हजार भन्दा बढी कृषकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ ।

फार्म, फिड तथा फुडको एकिकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडको केन्द्रिय कार्यालय काठमाडौंको टङ्गालमा रहेको छ भने लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ । यस कम्पनिको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ ।

सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया