शनिबार, जेठ ४, २०८२

हिसानलाई शैक्षिक मेला गर्न बाटो खुल्याे

नेपालखोज २०८० असार ६ गते १९:१३

काठमाडाैं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)लाई शैक्षिक मेला गर्न बाटो खुलेको छ । महानगरविरुद्ध हिसानले उच्च अदालत पाटनमा रिट दायर गरेकाे थियाे ।

रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई मेला नरोक्न आदेश गरेको हो ।

हिसानले एसईईको नतिजा नआउँदै ‌कक्षा ११ र १२ का लागि विद्यार्थी भर्ना गर्ने उद्देश्यले शैक्षिक मेला गरेको भन्दै काठमाडौं महानगरपालिकाले रोक लगाएको थियो  ।

प्रतिक्रिया