कोसी, बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल देशको पूर्वी तथा मध्ये भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेकोछ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले उल्लेख गरेकाे छ ।
अहिले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोसी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ तथा साथै देशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोसी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ तथा कोसी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने काेसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोसी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया