बिहीबार, असार ५, २०८२

आज रास्वपा स्थापनाको एक वर्ष, दिउँसो चियापान

नेपालखोज २०८० असार ७ गते ९:१५

काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)स्थापनाको एक वर्ष पुरा भएको छ । सोही अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ ।

उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।

सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया