२९९ सदस्यीय केन्द्रीय कमिटीका लागि चुनावी प्रक्रिया सुरु
नेपालखोज
२०७८ पुष १७ गते १७:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाविधेशनमा निर्वाचनको प्रक्रिया सुरु भएको छ । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीका लागि चुनाव हुने भएको हो ।
निर्वाचन प्रक्रियाका लागि एक हजार ७ सय ४२ मतदाताको नामावली टाँसिएको छ । माओवादी विधानअनुसार २ सय ९९ केन्द्रीय कमिटीले अध्यक्षसहितका पदाधिकारी चयन गर्छ । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रयास गरेपनि सफल हुन सकेन ।
पदाधिकारीमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित रहनेछन् । पदाधिकारीको संख्या १५ भन्दा बढी हुन सक्ने पनि बताइएको छ । पदाधिकारीलाई समावेशी बनाउन संख्या बढी हुने भएको हो ।
सम्बन्धित

प्रतिक्रिया