शनिबार, जेठ ४, २०८२

जंगबहादुरको २०७औं जन्म जयन्ती

सुनिल उलक २०८० असार ७ गते १०:०६

काठमाडौं । आज जङ्गबहादुरको २०७औँ जन्म जयन्ती यसर्थ उहाँ प्रति हार्दिक श्रद्धाञ्जली । कतिले जङ्गलाई नायक सम्झनु होला कतिले खलनायक सम्झनुहोला । तर उनका केही योगदानहरू छन् । जसले गर्दा उनलाई सदैव सम्झनै पर्दछ ।

देशलाई समय समयमा यस्ता व्यक्तित्वहरूको खाँचो पनि हुन्छ । तसर्थ देशमा जङ्गेहरूको जन्म समय समयमा हुनैपर्दछ । जङ्गबहादुर त्यस बेलाको राजनीतिक खिचातानीले जन्माएको एउटा व्यक्तित्व थियो, जुन समयको आवश्यकता पनि थियो ।

म जङ्गलाई मान्दछु । हामीले पुज्ने भगवान्हरू नै सय प्रतिशत गुणले भरिएका थिएनन् भने जङ्गमा हामी किन अपेक्षा गर्नु, उनमा पनि केही अवगुणहरू अवश्य थिए ।

जङ्गका निकै कथाहरू इतिहासमा धेरै नै पढ्न पाइन्छ । उनका जीवनका सुरुवाती रवाफी समय, भीमसेन थापाको पतनसङै जागिर गुमाउनु साथै सर्वस्वहरणले गरिबीले आक्रान्त अवस्था पछि पागल युवराज सुरेन्द्रबाट विभिन्न कार्य गर्न बाध्य बनाएको अवस्था तथा कोतपर्व पछि राज्यका सर्वेसर्वा बन्दै श्री ३ सम्म बन्न सफल हुनुका अनगिन्ती कथाहरू हामी पढिरहेका नै छौ । तर आज म केही भिन्न विषयवस्तु लिएर आएको छु ।

निकै कम पढ्न पाइने यी विषयवस्तु इतिहासमा निकै रुचि राख्नेहरूले पढिसक्नुभएको पनि होला । तर धेरैलाई जानकारी नहुन सक्छ ।

जङ्गबहादुर राणाको जन्म वि.सं. १८७४ असार ७ गते बुधवारका दिन भएको थियो । उनको जन्म कुण्डली यहाँ राखेको छु, जसका अनुसार उनको जन्म असार शुक्ल पक्ष चतुर्थी बुधवारको दिन ३७ घडी २४ पलामा भएको भन्ने देखिन्छ । बोलीचाली भाषा अनुसार रातीको ८ बजेर २ मिनेट जाँदा हुन आउँछ । वहाँको जन्म नक्षत्र अश्लेषा हो ।

जन्म राशि कर्कट हो । अश्लेषा नक्षत्रको पहिलो चरणमा जन्म भएको हुँदा वहाँको चिनाको नाम डी बाट सुरु हुनु पर्ने हो । तसर्थ कुण्डली अनुसारको नाम भने वीर नरसिंह हुन सक्दैन । उनको नाम अरू नै हुनुपर्छ । तर यसको उल्लेख कतै गरेको पाइँदैन

हुन त यस सम्बन्धी सही जानकारी ज्योतिष विज्ञानका ज्ञाताहरूले नै दिन सक्नु होला । म गलत हुन पनि सक्छु । बेहोस ज्योतिष विज्ञानले पक्कै पनि सच्चैको इतिहासको प्रख्यात जङ्ग बन्नुको कारण वहाँको चिनामा भएको कुन ग्रहको प्रभावले भनेर निर्क्योल गर्न सक्नुहोला ।

सायद जङ्गे नजन्मेको भए नेपालमा एक आपसको दाव पेचले अङ्ग्रेजको प्रभाव अझ बढ्न सक्थ्यो । जङ्गे हेर्दा दुब्लो पातलो भए पनि आँटिलो भने पक्कै हो । मानिस हेर्दा केही गर्न सक्ला जस्ता पनि थिएनन्, तर उनमा हिम्मत थियो, र जोस थियो । उनको साहसको कथाहरू भने यादगार नै हुनेछ ।

सानै उमेरमा विवाह भएका जङ्गबहादुरले शायद राम्ररी पढ्न पाएनन् होला । तर आफू प्रधानमन्त्री भएपछि पढ्न र लेख्न सिकेको आभास हुन्छ । उनका हरेक चिठ्ठीहरूमा एउटै छापवाला हस्ताक्षर देख्न सकिन्छ । 

पुरुषोत्तम शम्शेरले अनपढ र गवाँर थिए भनि लेखेको भए पनि उनले कनीकुथी अक्षर पढ्न र लेख्न सिकेको देखिन्छ । उनका अक्षर बाङ्गाटिङ्गा भए पनि बुझ्न भने सकिने नै थिए ।जङ्गका छोटो जीवनी यहाँ उल्लेख गर्न चाहन्छु ।

सैनिक परिवारमा जन्मेका वीरनरसिंहले पढ्न भने धेरै पाएनन् । तर मुर्ख र जिराहा थिए, त्यसैले उनका मामा माथवरसिंह थापाले उनलाई जङ्गे भनेर बोलाउथे । पछि उनि यहि नामले नै प्रख्यात भए ।

केवल ११ वर्षको उमेरमा वि.सं. १८८५ बैशाख २१ मा बिबाह भयो । बिबाहको केही समयमा नै बाबुको साथमा धनकुटा पुगे । त्यसपछि डडेलधुरा पुगे । यहि क्रममा घोडा चढेर बिभिन्न करतुत गर्न सिपालु हुदै गए ।

भण्डारखाल पर्व पछि मामा भिमसेन थापाले सत्ता पाएको सुनेका जङ्गबहादुर पनि सत्ताको स्वाद चाख्न चाहन्थे । तर १८९४ मा भिमसेन थापाको पतन भए पछि पाण्डेहरूले थापा मात्र होइन जङ्गको परिवारलाई पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जङ्गबहादुर जुवाको लतमा फँसे । तर चारैतिरबाट दुखले घेरिएकोलाई केहीले पनि साथ दिदैन ।

जङ्गेलाई पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन । यस्तैमा राँगो व्यापारी धनसुन्दर साहुले ११०० सापट दिएकोले ऋण तिरे । बिरक्तिएर बनारस पुगेका उनले त्यहा पनि जागीर पाएनन् । फेरी काठमाडौ फर्के, यता श्रीमतीको सुत्केरी ब्यथाले मृत्यु भएको खवर पाए ।

साली विवाहको लागी माग्न गएका उनलाई ससुराले बचन लगाएर फर्काए । दुखी भएका उनले नन्दकुमारीसंग दोश्रो बिबाह गरे । दाइजोमा ल्याएको पैसाले धनसुन्दरको ऋण तिरे । नन्दकुमारीसंगको विवाह पछि उनको भाग्य चम्कियो ।

वि.सं. १९०३ भदौ ३१ मा गगनसिंहको हत्या गरेका उनले सोही राती कोतमा आमहत्याको अवस्था सिर्जना गरि सत्ता पाए । यसरी सत्तामा पुगेका जङ्गबहादुर पूर्णरुपमा सर्वेसर्वा भए । यसरी राजकाजमा शक्तिशाली बनेका जङ्गबहादुरले वि.सं. १९०३ असोज २ गते राजा राजेन्द्रबाट लालमोहर पाइ मुख्तियार बनेका थिए भने वि.सं. १९१३ साउन १८ बाट भने कास्की र लमजुङका श्री ३ महाराज बनेका थिए ।

देशको प्रधानमन्त्री बनेका जङ्ग १९०७ जेठ १५ मा लण्डन पुगे । भदौ ७ मा पेरिस पुगे । राष्ट्रपति लुईस नेपोलियन बोनापार्टसंग भेट गरे । जङ्गबहादुर स्वदेश फर्कदा यूरोपको काइदा कानुनको साथमा त्यहा रहेका ठूला ठूला महलका सिर्जना पनि हेरेर आए । यसर्थ नेपालमा ठूला ठूला दरवारहरू बनाउन लगाए ।

वि.सं. १९१० मा जङ्गबहादुरले पहिलो पटक नेपालको जनगणना लिएका थिए । ऐतिहासिक दस्तावेज निकै नौलो थियो । वि.सं. १९११ मा नेपालको पहिलो ऐन बनाए ।

कानुनी रूपले यि ऐनको त्यति महत्व नहोला तर उनको प्रयासलाई मान्नुपर्छ । १९१३ सावन १९ देखी १९१४ असार १६ सम्म करिव १ वर्ष भाइहरूलाई अख्तियारी दिए । पछि पञ्जा छाप सहित श्री ३ पाए पछि आफै सत्तामा फर्किए ।

वि.सं. १९२५ चैत्र २६ गते अट्कोनारायणमा ठूलो आगलागी भयो । साहु धर्मनारायणको घर जलेर ध्वस्त भयो । आगलागी १३ महिनासम्म भैरह्यो । जङ्गले साहु धर्मनारायणलाई लाखौ सहयोग गरे ।

घर बनाउन र पछि भोटको ब्यापार गर्न पनि सघाए । वि.सं. १९२६ सालबाट नेपालको नक्सा बनाउन शुरू गरिएको १९३२ मा पुरा भयो ।

१८७७ फेब्रवरी २५ अर्थात वि.सं. १९३३ फागुन १६ आइतवार द्वादशी शुक्ल पक्षको दिन जङ्गबहादुरको पत्थरघट्टामा बागमती किनारमा मृत्यु भयो ।

शिकारमा निस्किएका उनको मृत्यु इतिहासमा बिभिन्न कोणले लेखिएको छ । खैर उनको मृत्यु पछि जङ्गको शवलाई चार दिन सम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन जङ्गको दाहसस्कार भएको थियो ।

जङ्गले जस्तो सुकै ठूलो सफलता हासिल गरे तापनि उनका सन्ततिले भने यसको फाइदा लिन पाएनन् । यो दुर्भाग्यपूर्ण थियो । जङ्गले सत्तामा पुग्न अन्यको हत्या गरे, आफन्तको गरेनन् ।

तर जङ्गको अवसानको ९ वर्ष पछि जङ्गको आफ्नै भाइ धीरशम्शेरको जेठो छोरा वीरशम्शेरले आफ्नै ठूलो बुबा श्री ३ रणोद्वीपको हत्या गरि सर्वेसर्वा भए, जङ्गका सन्तति कतिपयलाई निर्वासनमा रहन बाध्य बनाए भने कतिको हत्या गरेर सत्ता आफ्नै सत्र भाइ भित्र बनाए ।

यस षड्यन्त्रका सुत्रधार अरु थिएनन्, जङ्गले नै धर्मपुत्र बनाएर हुर्काएका वीरशम्शेर थिए । तर यि धीरका सन्तानले जङ्गको नाम बेच्दै आफ्नो नामको पछाडि जङ्गबहादुर राणा झुन्ड्याए ।

पुरुषोत्तम शमशेरले अनपढ र गँवार थिए भनी लेखेको भए पनि उनले कनीकुथी अक्षर पढ्न र लेख्न सिकेको देखिन्छ । उनका अक्षर बाङ्गाटिङ्गा भए पनि बुझ्न भने सकिने नै थिए ।जङ्गका छोटो जीवनी यहाँ उल्लेख गर्न चाहन्छु ।

सैनिक परिवारमा जन्मेका वीर नरसिंहले पढ्न भने धेरै पाएनन् । तर मूर्ख र जिराहा थिए, त्यसैले उनका मामा माथवर सिंह थापाले उनलाई जङ्गे भनेर बोलाउँथे । पछि उनी यही नामले नै प्रख्यात भए ।

केवल ११ वर्षको उमेरमा वि.सं. १८८५ वैशाख २१ मा विवाह भयो । विवाहको केही समयमा नै बाबुको साथमा धनकुटा पुगे । त्यसपछि डडेलधुरा पुगे । यही क्रममा घोडा चढेर विभिन्न करतुत गर्न सिपालु हुँदै गए ।

भण्डार खाल पर्व पछि मामा भिमलेन थापाले सत्ता पाएको सुनेका जङ्गबहादुर पनि सत्ताको स्वाद चाख्न चाहन्थे । तर १८९४ मा भिमलेन थापाको पतन भए पछि पाण्डेहरूले थापा मात्र होइन जङ्गको परिवारलाई पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जङ्गबहादुर जुवाको लतमा फसे । तर चारैतिरबाट दुखले घेरिएकोलाई केहीले पनि साथ दिँदैन ।

जङ्गेलाई पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन । यस्तैमा राँगो व्यापारी धन सुन्दर साहुले ११०० सापट दिएकोले ऋण तिरे । बिरक्तिएर बनारस पुगेका उनले त्यहाँ पनि जागिर पाएनन् । फेरी काठमाडौ फर्के, यता श्रीमतीको सुत्केरी व्यथाले मृत्यु भएको खबर पाए ।

साली विवाहको लागी माग्न गएका उनलाई ससुराले बचन लगाएर फर्काए । दुखी भएका उनले नन्दकुमारीसङ दोस्रो विवाह गरे । दाइजोमा ल्याएको पैसाले धन सुन्दरको ऋण तिरे । नन्दकुमारीसङको विवाह पछि उनको भाग्य चम्कियो ।

वि.सं. १९०३ भदौ ३१ मा गगनसिंहको हत्या गरेका उनले सोही राती कोतमा आम हत्याको अवस्था सिर्जना गरी सत्ता पाए । यसरी सत्तामा पुगेका जङ्गबहादुर पूर्णपुरमा सर्वेसर्वा भए । यसरी राजकाजमा शक्तिशाली बनेका जङ्गबहादुरले वि.सं. १९०३ असोज २ गते राजा राजेन्द्रबाट लालमोहर पाइ मुख्तियार बनेका थिए भने वि.सं. १९१३ साउन १८ बाट भने कास्की र लमजुङका श्री ३ महाराज बनेका थिए ।

देशको प्रधानमन्त्री बनेका जङ्ग १९०७ जेठ १५ मा लन्डन पुगे । भदौ ७ मा पेरिस पुगे । राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसंग भेट गरे । जङ्गबहादुर स्वदेश फर्क दा युरोपको काइदा कानुनको साथमा त्यहाँ रहेका ठुला ठुला महलका सिर्जना पनि हेरेर आए । यसर्थ नेपालमा ठुला ठुला दरवारहरू बनाउन लगाए ।

वि.सं. १९१० मा जङ्गबहादुरले पहिलो पटक नेपालको जनगणना लिएका थिए । ऐतिहासिक दस्ताबेज निकै नौलो थियो । वि.सं. १९११ मा नेपालको पहिलो ऐन बनाए ।

कानुनी रूपले यी ऐनको त्यति महत्त्व नहोला तर उनको प्रयासलाई मान्नुपर्छ । १९१३ सावन १९ देखी १९१४ असार १६ सम्म करिब १ वर्ष भाइहरूलाई अख्तियारी दिए । पछि पञ्जा छाप सहित श्री ३ पाए पछि आफै सत्तामा फर्किए ।

वि.सं. १९२५ चैत्र २६ गते अट्कोनारायणमा ठुलो आगलागी भयो । साहु धर्मनारायणको घर जलेर ध्वस्त भयो । आगलागी १३ महिनासम्म भइरह्यो । जङ्गले साहु धर्मनारायणलाई लाखौँ सहयोग गरे ।

घर बनाउन र पछि भोटको व्यापार गर्न पनि सघाए । वि.सं. १९२६ सालबाट नेपालको नक्सा बनाउन सुरु गरिएको १९३२ मा पुरा भयो ।

१८७७ फेब्रवरी २५ अर्थात् वि.सं. १९३३ फागुन १६ आइतबार द्वादशी शुक्ल पक्षको दिन जङ्गबहादुरको पत्थरघट्टामा बागमती किनारमा मृत्यु भयो ।

सिकार मा निस्किएका उनको मृत्यु इतिहासमा विभिन्न कोणले लेखिएको छ । खैर उनको मृत्यु पछि जङ्गको शवलाई चार दिन सम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन जङ्गको दाहसंस्कार भएको थियो ।

जङ्गले जस्तो सुकै ठुलो सफलता हासिल गरे तापनि उनका सन्ततिले भने यसको फाइदा लिन पाएनन् । यो दुर्भाग्यपूर्ण थियो । जङ्गले सत्तामा पुग्न अन्यको हत्या गरे, आफन्तको गरेनन् ।

तर जङ्गको अवसानको ९ वर्ष पछि जङ्गको आफ्नै भाइ धीरशम्शेरको जेठो छोरा वीरशम्शेरले आफ्नै ठुलो बुबा श्री ३ रण द्वीपको हत्या गरी सर्वेसर्वा भए, जङ्गका सन्तति कतिपयलाई निर्वासनमा रहन बाध्य बनाए भने कतिको हत्या गरेर सत्ता आफ्नै सत्र भाइ भित्र बनाए ।

यस षड्यन्त्रका सूत्रधार अरू थिएनन्, जङ्गले नै धर्मपुत्र बनाएर हुर्काएका वीरशम्शेर थिए । तर यी धीरका सन्तानले जङ्गको नाम बेच्दै आफ्नो नामको पछाडि जङ्गबहादुर राणा झुन्ड्याए ।

प्रतिक्रिया