मंगलबार, जेठ १, २०८१

कुन देशसँग कति छ परमाणु बम ?

नेपालखोज २०८० असार ७ गते १२:०८

काठमाडाैं । स्वीडेनको थिंक ट्याङ्क सिप्रीका अनुसार विश्वमा परमाणु हतियारको संख्या फेरि बढ्न थालेको छ । हेरौं कुन देशमा कति परमाणु बम छन् ?

रूस

रूस अझै पनि आणविक हतियारको सबैभन्दा ठूलो भण्डारमा बसिरहेको छ । २०२३ को सुरुमा रुससँग ४, ४८९ वटा आणविक हतियार थिए ।

अमेरिका

अमेरिका ३,७०८ आणविक हतियारसहित दोस्रो नम्बरमा छ । यद्यपि गत वर्ष अमेरिकाले कुनै नयाँ आणविक हतियार थपेन।

चीन

अहिले यो मामिलामा चीन तेस्रो नम्बरमा छ । गत वर्ष चीनले ६० वटा नयाँ आणविक हतियार बनाएको थियो भने अहिले उ सँग जम्मा ४१० वटा आणविक बम छ ।

फ्रान्स

फ्रान्सले गत वर्ष कुनै नयाँ आणविक हतियार बनाएन । फ्रान्स सँग अझै पनि २९० वटा आणविक हतियार छ ।

संयुक्त अधिराज्य

बेलायत यो सुचिको पाँचौं नम्बरमा छ जसले गत वर्ष स्टकमा कुनै नयाँ आणविक हतियार थपेन । बेलायतसँग कुल २२५ वटा आणविक हतियार छन्।

पाकिस्तान

पाकिस्तानले गत वर्ष आफ्नो हतियार भण्डारमा पाँचवटा नयाँ हतियार थप्यो र अहिले उ सँग यसको कुल संख्या १७० पुगेको छ।

भारत

यो सूचीको सातौं नम्बरमा भारत छ जो सँग १६४ वटा आणविक हतियार छन् ।

इजरायल

इजरायलसँग आधिकारिक रूपमा आणविक शक्तिको हैसियत छैन, तर सिप्रीका अनुसार उ सँग ९० वटा आणविक हतियार छन् ।

उत्तर कोरिया

गत वर्ष पाँचवटा नयाँ हतियार थपेर उत्तर कोरियाले आफ्ना आणविक हतियारको संख्या ३० पुर्याएको छ ।

प्रतिक्रिया