चलाउनेमाथि कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज मुद्दा फिर्ता गर्नुको कारण माग गर्दै अन्तरिम आदेश दिएको हो ।
विश्वविद्यालय परिसरमै आफूमाथि आक्रमणमा संलग्न नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानुनी र असंवैधानिक भन्दै खारेजीको मागसहित उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
अन्तिम सुनुवाइको क्रममा रहेको मुद्दा सरकारले फिर्ता लिएको थियो ।
चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए । त्रिविका नेविसंघ इकाई अध्यक्ष हरि आचार्यसहित ५ जनाविरुद्ध उपप्राध्यापक चलाउनेले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदै थियो ।
प्रतिक्रिया