बिहीबार, जेठ ३, २०८१

नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सलाई जित्नुपर्ने

नेपालखोज २०८० असार ८ गते ८:२१

काठमाडौं । नेपाल आइसिसी विश्वकप छनोटको सुपर सिक्समा पुग्नका लागि नेदरल्याण्डविरुद्धको खेल जित्नुपर्ने देखिएको छ । नेपाल अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । सो जित हात पारेमा सुपर सिक्समा पुग्ने संभावना बलियो बनेको छ

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ ।

समूह ‘ए’ मा अमेरिका सुरुवाती तीन हारका साथ समूह चरणबाटै बाहिरिने प्रतियोगिताकै पहिलो टोली बनेको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन अनौपचारिकता बाँकी राखेका छन् ।

अव तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्स मध्य एक टोली सुपर सिक्समा पुग्ने पक्काछ । नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपालले नेदरल्यान्ड्सलाई हराउँदा ४ अंक हुन्छ । सुपर सिक्समा पुग्न त्यो ४ अंक नै पर्याप्त हुनसक्ने देखिन्छ । नेपाल ४ अंकका साथ सुपर सिक्स खेल्न अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ ।

यदि नेदरल्यान्ड्सले अप्रत्याशित नतिजाका साथ वेस्ट इन्डिजलाई हराएमा भने समान ४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा भरपर्ने देखिन्छ । नेपालको नेटरनरेट माइनस ०.६३८ र नेदरल्यान्ड्सको माइनस ०.१६७ छ ।

यस्तो छ अंक तालिका

समूह ए मा वेस्ट इन्डिज २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जिम्बावे २ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा १ मा जित र १ मा हारका साथ २ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ । अमेरिका तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

समूह बी मा ओमान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका र स्कटल्यान्ड सुरुवाती खेलमा जितका साथ समान २ अंक भएपनि नेटरनरेटका कारण दोस्रो र तेस्रो स्थानमा छन् ।

आयरल्यान्ड दुबै खेलमा हारका चौथो स्थानमा छ । युएई पनि दुबै खेलमा हारको साथ पुछारमा छ ।

प्रतिक्रिया