मंगलबार, जेठ १, २०८१

भारतको उत्तर प्रदेशको इटावामा पार्किङ गरिएको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु

नेपालखोज २०८० असार ८ गते १४:४६

इटावा । उत्तर प्रदेशको इटावामा विवाह समारोहबाट फर्कने क्रममा पार्क गरिएको ट्रकमा कार ठोक्किदा दुई युवाको मृत्यु भएको छ ।

सो दुर्घटना सिभिल लाइन प्रहरी इलाकाअन्तर्गत राष्ट्रिय राजमार्गमा दुर्घटना भएको हो । मृतक आशिष र शैलेन्द्र जसवन्तनगर प्रहरी चौकी क्षेत्र तामेरी गाउँका बासिन्दा रहेको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान शुरु गरिएको छ ।

इटावाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सञ्जय कुमारले जनाएअनुसार जसवंतनगरबाट सो गाडी इटावा शहरमा आएको थियो । फर्कने क्रममा सडकको छेउमा रिकिएको ट्रकसँग कार ठोक्किएको हो ।

प्रतिक्रिया